
भक्तपुरको दत्तात्रय नजिकै कुखुराको खोरलाई नमुना घर बनाएर युनेस्को एवार्ड पाएका भक्तपुरे ठिटो रवीन्द्र पुरीले भक्तपुरकै गछेँटोलमा रहेको पुरानो सिमेन्टको घरलाई परम्परागत शैलीमा निर्माण गरी 'टोनी हेगन घर' तयार गर्ने कार्य सम्पन्न भएको छ । झन्डै ५० वर्ष नेपालमा बसेर ठूलो योगदान पुर्याएका भूगर्भविद् स्विस नागरिक टोनी हेगनको प्रेरणाबाट भक्तपुरको सम्पदा जोगाउन निर्माण गरिएको टोनी हागन घरको हागन फाउन्डेसनका अध्यक्ष डा. नोवलकिशोर राईले हालै उद्घाटन गर्नुभएको थियो ।
नेपालको प्राकृतिक, भौगोलिक एवं सांस्कृतिक सम्पदाको अध्ययन गरेका हागनले सन् १९६० मा भक्तपुरमा घुम्दा सांस्कृतिक सम्पदाभित्र बनेको सिमेन्टको घर देखेर आˆनो विश्व चर्चित नेपाल पुस्तकमा यो सुन्दर सहरमा क्रङ्क्रिटको प्रवेश भएको छ भन्नेबारेमा लेखेपछि यही घर अहिले टोनी हागन घर बनेको हो ।
भक्तपुरको कलात्मक सम्पदालाई जोगाउन वर्षौंदेखि लागि परेका पुरीले टोनी हागनको नेपाल पुस्तक पढ्दा यो घरको बारेमा लेखेको देखेपछि यो घरलाई परम्परागत शैलीमा नयाँ जीवन दिन लागी परेको पुरी बताउँछन् । गछेँटोलमा रहेको सिमेन्टको पाँचतले घरलाई परम्परागत शैलीमा टोनी हागन घर बनाउन नौ वर्षअघि उनले १४ लाख ५० हजार रुपियाँमा यो घर किनेको बताउनुहुन्छ ।
त्यसपछि भने करिब ४० लाख रुपियाँको लागतमा डेढ वर्ष लगाएर भक्तपुरको गछेँटोलमा परम्परागत शैलीमा नयाँ घर बनाइएको हो ।
पुरीका अनुसार यो घरको सिमेन्टको सबै पत्र उप्काइयो, सिमेन्टबाट बनेको बार्दली भत्काइयो, जस्ताको छानो झिकियो र कलात्मक शैलीमा बनाइयो ।
घरको उचाइ अलिकति बढाएर ढुङ्गा र काठको कलात्मक शैलीमा घर निर्माण गर्नुका साथै किराले खान लागेको काठमा आलसको तेल दल्ने र नयाँ काठबाट बार्दली र भि"mगटीको छानो राखियो ।
पुरी भन्छन, "टोनी हेगनकै प्रेरणाले यो घरलाई परम्परागत शैलीमा बनाएँ, म हेगनलाई यो घर देखाएर सरप्राइज दिन चाहन्थेँ तर उहाँ बित्नुभयो, टोनी हेगनको चिन्तालाई सम्बोधन गरे पनि उहाँलाई यो घर देखाउने इच्छा अधुरै रहृयो ।" नगरपालिकामा नक्सा पास गर्नेदेखि लिएर अनेक कारणले चाहेर पनि यो घर चाँडै निर्माण गर्न नपाएकोमा उहाँ दुःखेसो गर्नुहुन्छ ।
भक्तपुर, पनौती, कीर्तिपुरजस्ता सांस्कृतिक, सम्पदा र परम्परागत सहरलाई जोगाउने अभियानमा जुट्नुभएका पुरीको घर उद्घाटन गर्दा घरलाई देखेर स्वीट्जरल्यान्डका राजदूत फोमस गास, अमेरिकी, जर्मनीलगायतका विभिन्न राष्ट्रका दूतावासका प्रतिनिधि मख्ख परेका थिए । उहाँहरूले घरको भुइँतल्लादेखि माथिसम्मको बाहिरी आकृति र भित्री परम्परागत सजावट देखेर प्रशंसा गरेका थिए ।
टोनी हेगन हाउसको तल्लो तल्लामा पुराना शैलीको मूर्तिको ग्यालरी बनाउने बताउँदै पुरीले फल्याट सिस्टममा रहेका घरका अरू तल्लाहरू भने 'रोयल होटलकी रानी' उपनामले चिनिएकी श्रीमती इङ्गर -स्व. बोरीस लिसान मिचकी श्रीमती) र अन्य परिवार भाडामा बस्ने


No comments:
Post a Comment